×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अरुण तेस्रोको लागि लगानी जुट्यो, अर्थमन्त्री भन्छन् ‘ढिलो भएपनि परियोजना बन्ने निश्चित छ…’ (भिडियो रिपोर्ट)

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भएपनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताउनुभएको छ । संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उहाँले बताउनुभयो । बिहीबार काठमाडौंमा ऋण प्रदायक बैंकहरु र आयोजनाबीच दुईपक्षिय सम्झौता समेत भएको छ । 
सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय स्रोत जुटाउने चुनौति पनि पुरा भएको बताउनुभयो । उहाँले ३० वर्ष लामो प्रयासपछि आयोजना निर्माण हुन लागेकोले देशको अर्थतन्त्रमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले आयोजनाबाट उत्पादित विद्युतको विक्रीका लागि पनि बजारको समस्या नरहेकोले देशले ठुलो आर्थिक लाभ लिने बताउनुभयो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले ९ सय क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सबै वित्तीय स्रोत जुटेकोले अव निर्माण कार्यले थप तिब्रता पाउने बताउनुभयो ।
भारतीय लगानीमा निर्माण हुन लागेको यो परियोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो । कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत रहेको यो परियोजनामा नेपाल र भारतका बैंकहरुले १ खर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गरेका हुन् । भारतको स्टेट बैंक अफ इण्डिया (एसबिआई)को नेतृत्वमा पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । आयोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: