×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियन लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ३१९.६६%ले वृद्धि !

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एसियन लाइफ इन्स्योरेन्सले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाए रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३१९.६६% धेरै हो । गत वर्ष कम्पनीले २ करोड ८९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीले खुद बिमा शुल्क पनि ३१.४७% ले बढाएर २ अर्ब २८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष यसले १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बैंकले कुल २९ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम कुल २ करोड ७ लाख रुपैयाँ रहेको छ । 
यो पुसमसान्तसम्ममा बैंकले जीवन बिमा कोष पनि २८.७७% ले बढेको छ।  गत वर्ष १५ अर्ब १३ लाख रुपैयाँ  जीवन बिमा कोष रहेको तो वर्ष बढाएर १९ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ । बैंकले महाविपत्ति कोषका लागि पनि ५ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । 
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४७ करोड ४४ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: