×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रजत उत्सवको अवसरमा बैंक अफ काठमाण्डूद्वारा ‘सहज बचत खाता’ र ‘बीओके कृषि कर्जा’ योजना सार्वजनिक

काठमाडौं – बैंक अफ काठमाण्डू(बीओके)ले बुधबार दुई नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता र ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको हो ।
‘सहज बचत खाता’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात २५ रुपैयाँमै खाता खोल्न सक्नेछन् । जसमा विभिन्न सेवा सुविधाहरु उपलब्ध रहेको बैंकले जानकारी गराएको छ ।
त्यस्तै, बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यले बीओके कृषि कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’ मार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने बैंकले जानकारी गराएको छ ।
त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले साे रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसन डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।
साथै, बैंकले सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट(सेजोन) नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालीम प्रदान गर्न सेजोन, नेपालका सभापति भिमप्रसाद गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २० प्रतिशतले वृद्धि गरेको छ । गत आवको सो अवधिमा ३८ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको पुस मसान्तामा ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
सो अवधिमा निक्षेप र कर्जामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको निक्षेप ९० अर्ब ११ करोड र कर्जा ८२ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । बैंकले हाल ८७ शाखा, ७८ एटीएम र १० वटा एक्सटेन्स काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: