'सबै पशुपतिनाथको आशिर्वादले चलेको छ, बीमा क्षेत्रमा कुनैबेला ठुलो दुर्घटना हुन सक्छ' : बीमा समितिका पूर्व अध्यक्ष (भिडियो)

काठमाडौँ । बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका फत्तबहादुर केसीले गम्भीर अभिव्यक्ति दिएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष केसीले बीमा क्षेत्रको आकार र क्षेत्र बढ्दै गएको अवस्थामा नियामक निकायलाई बलियो र सुदृढ बनाउनुपर्ने बताउँदै कुनै पनि बेला गम्भीर दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । उनले बीमा व्यवसाय फस्टाउँदै गएको र व्यवसायको आकार बढ्दै गएकाले बिमितको हक हितमा ध्यान दिएर बीमा क्षेत्रको सुशासन, पारदर्शिता र वित्तीय कारोबारमा पनि धेरै निगरानी राख्नुपर्ने आवश्यकता रहेकोसमेत बताए । बाँकी उनले के के भने ? हेर्नुहोस् भिडियो रिपोर्टमा 
प्रकाशित मिति : Tuesday, February 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal