बुटवल पावर कम्पनीद्वारा १८%नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु

काठमाडौ - बुटवल पावर कम्पनीले आफ्नो सेयरधनीको बैंक खातामा आइतबारबाट १८% नगद लाभांश पठाउन सुरु गरेको छ । तर अहिलेसम्म डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोलेर अद्यावधिक गराएपछि मात्र लाभांश पाउनेछन् ।

 बुटवल पावर कम्पनीको गत पुस २४ गते साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाले सेयरधनीलाई १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित मिति : Monday, February 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal