×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ऐया ! मलाई दुख्यो प्रधानमन्त्रीज्यू ! देशै काटेर खान अलिकति पनि लाज लागेन ?

{"authorname":"default_author","author":"सृष्टिका चन्द", "thumbnailLabel":"Jyoti Bikas Bank"}
काठमाडौँ – ढिलै भएपनि जन्मदिनको शुभकामना प्रधानमन्त्रीज्यू ।
आफ्नो ६९औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुग्नुभो । कम्युनिष्ट मन्त्रीको तामसी राजसी तमासा देखाउनुभो । गाउँपालिकामा त बिदा नै दिनु भो । हेलिकोप्टर चढाएर केक लैजानुभो । हाम्रो प्राणभन्दा प्यारो देश‘नेपाल’को नक्सा काटेर रमाइलो गर्नु भो । देशै काट्नुभो । पहाड चिर्नुभो । तराइ काट्नुभो ! हिमाल काटेर खुवाउँदा मुस्कुराउनुभो ! छि ! प्रधानमन्त्रीज्यू, यो तपाईंले के गर्नुभो !
नेपालको नक्सा आकारमा बनाइएको केक काटेर जन्मदिन मनाउँदा अलिकति पनि लाज लागेन ? अलिकति पनि अफ्ट्यारो लागेन ? जन्मदिन परिवारमाझ मात्र मनाउने आचारसंहिता जारी गर्ने तपाईंकै पार्टी होइन र ? कि नेताले अनुशासन मान्नु पर्दैन ?
के यहि हो तपाईंको राष्ट्रवाद ! कस्ता मान्छे पाल्नुभएको छ वरपर ? अव बिचार गर्नुपर्दैन ?
जे गर्नुभयो, गलत गर्नुभयो प्रधानमन्त्रीज्यू !
तपाईंले देशको नक्सा काटेको देख्दा मलाई नमज्जासँग दुख्यो । सायद धेरैपछि आफ्नो माटो सम्झेर यसरी दुख्यो । आफ्नै अभिभावकले आफ्नै आमाको टाउको काटिदिएजस्तो भयो । आमा रोहिरहेको महसुस भयो । पीडा भयो । मन भक्कानियो । ऐया आमा ! मलाई दुख्यो प्रधानमन्त्रीज्यू !

सृष्टिका चन्द

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: