सेञ्चुरी बैंक र मौर्या होटेलबीच सम्झौता, बैंकका ग्राहकलाई मौर्या होटेलले प्रदान गर्ने सेवा सुविधामा १२%सम्म छुट !

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक र मौर्या होटेलबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल व्यावस्थापकीय संचालक राम बहादुर कोइरीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
प्रकाशित मिति : Sunday, February 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal