सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५% लाभांश दिँदै, बोनस र नगद कति ?

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेयरधनीलाई ६.७५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति ३०३औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश दिने निर्णय गरेको छ ।

सेञ्चुरी ले १६ करोड ८३ लाख ९ हजार ४२३ रुपैयाँ बराबरको बोनस सेयर र ३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । बोनस पश्चात पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्नेछ ।

यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Friday, February 07, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal