×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकद्वारा मुकुटेश्वर अपांग सेवा समितिलाई ५० हजार आर्थिक सहयोग

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले डोल्पाको दुनैस्थित मुकुटेश्वर अपांग सेवा समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ एक कार्यक्रमबीच बुधवार हस्तान्तरण गरेको हो ।
समितिले १२ जना अपांग छात्र र ८ जना अपांग छात्रालाई शिक्षा प्रदान गर्दै आइरहेको छ । उक्त सहयोग रकम विद्यार्थीलाई कपडा लगायत खरीद गर्न खर्च गरिने समितिको भनाइ छ ।
बैंकको देशभर ८९ ओटा शाखा, ९० ओटा एटीएम र १०३ ओटा शाखारहित सेवा सञ्चालनमा छन् । आगामी दिनमा पनि बैंकले यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: