×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकले पायो २५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति !

काठमाडौं – सिटिजन्स बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले बैंकलाई प्रति कित्ता १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १५ लाख कित्ता संघसंस्थालाई बिक्री खुल्ला गरिनेछ । 
बैंकले १० वर्ष अवधिको ‘१०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । बैंकको ऋणपत्रलाई केयर रेटिङ नेपाललेले आईसीआरएएनपी एलबीबीबी पल्स रेटिङ्ग प्रदान गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: