×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र फागुन २० गतेदेखि आउँदै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यपिटल !

काठमाडौं – सिटिजन्स बैंकको २५ लाख कित्ता ऋणपत्र फागुन २० गतेदेखि आउने भएको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य कम्पनी/संघसंस्थालाई बिक्री गर्नेछ । 
सिटिजन्सले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । 
यस ऋणपत्रमा लगानीकर्ताले फागुन २३ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत्र ४ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: