×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सिटिजन्स बैंक जोडिएको’ भाइरल भएको ‘चटपटे काण्ड’को वास्तविकता के हो ? बैंककि प्रवक्ता यसो भन्छिन्…

काठमाडौं । केहि दिनयता एउटा ‘चटपटे काण्ड’ सामाजिक सञ्जालमा भाइरल छ । चटपटे सिटिजन्स बैंकको फारममा हालिएको छ । र यो तस्विर अहिले भाइरल भएको छ । सिटिजन्स बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको भन्दै सामाजिक संजालमा केहिले बैंकको आलोचनासमेत गरेका छन् । तर बैंकले भने उक्त फारम बैंकबाट कुनै पनि हालतमा बाहिर नगएको दावी गरेको छ ।

सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भएपछि हामीले यस विषयमा बैंककि प्रवक्ता उमङ्ग शर्मालाई फोन गर्यौं र यसबारे सोध्यौं । ‘फारममा जसको फोटो देखिएको छ, उहाँ हाम्रो ग्राहक हो । तर लामो समयदेखि उहाँको खातामा कारोबार भएको छैन । खाता डोरमेन्ट छ । तस्विरमा देखिएको  उक्त फर्म पूरानो फर्म पनि होइन । किनकि यो डिजाइन नयाँ डिजाइन हो ।’

यता सामाजिक संजालमा भने बैंकको चर्को आलोचना भइरहेको छ । कतिपयले बैंकले आफ्ना ग्राहकको फर्मलाई चटपटे व्यापारीकहाँ पुर्याएकोसमेत भन्न भ्याएका छन् । ‘बैंकबाट यो फर्म बाहिर गएको आरोप लागिरहेको छ नि ?’ हाम्रो प्रश्नमा प्रवक्ता शर्मा भन्छिन्, ‘बैंकबाट त कुनै पनि हालतमा यस्तो फर्म बाहिर जाँदैन । हामीले खाता खोल्न भनेर फर्म बाँडीरहेका हुन्छौँ । यो फर्म पनि त्यसैगरी कसैकहाँ गएर बिग्रिएपछि फालिएको हुनुपर्छ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: