×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट इन्स्योरेन्सको खुद नाफा १२६.२५प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफा ५ करोड ६९ लाख रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षको तुलनमा १२६.२५% धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यो पुसमसान्तसम्ममा कम्पनीको खुद बिमा शुल्क २२.३३% ले बढेको छ । गत वर्ष १८ करोड ८० लाख ८६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष बढोत्तरी गरी २३ करोड रुपैयाँ पुर्याएको छ । यता, कम्पनीको बिमा कोषको आकार पनि २२.१०% ले बढेर २५ करोड ५७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बिमा कोषको आकार २० करोड ९४ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले ९ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरको छ भने कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब १४ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ८२ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: