एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा २४.६३% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं - चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकले खुद नाफा १० करोड २८ लाख ८० हजार रुपैयाँ नाफा कमाए रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा २४.६३% ले धेरै हो । गत वर्ष बैंकले ८ करोड २५ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा बढेको हुनाले पनि खुद नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालान नाफा क्रमशः २६.६६% र २४.८३% ले बढेको छ । गत वर्ष १८ करोड ७२ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर २३ करोड ७१ लाख २८ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ११ करोड ७७ लाख ३४ हजार रुपैयाँबाट बढाएर १४ करोड ६९ लाख ७२ हजार रुपैयाँ पुगेको छ । 

यो दोस्रो त्रैमाससम्ममा बैंकले ८ अर्ब ७४ करोड ६ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६६ करोड ४६ लाख २७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल यसको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ करोड ४७ लाख ११ हजार रुपैयाँ छ । 

यता, खराब कर्जा भने ०.४९% मा झरेको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७१ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६८ पैसा छ ।
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal