नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबारको कारोबारमा २२ लाख ९१ हजार २२७.५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । 

हिमालयन डिष्टिलरीको १९ लाख २८ हजार २२७.५० कित्ता र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । हिमालयन डिष्टिलरीले गत वर्षको नाफाबाट ५०% र लक्ष्मी लघुवित्तले १५% बोनस सेयर वितरण गरेका थिए । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : Friday, February 14, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal