×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनको भाउले आज पनि रच्यो नयाँ इतिहास, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गईरहेको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार ८ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९३ रुपैयाँ कायम गरेको छ ।
पछिल्लो समय सुनको मूल्य दिनानुदिन बढ्दै गईरहेको छ। चाइनामा कोरोना भाइरस प्रकोपको प्रभाव सुनको बजारमा परेको हो । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । त्यसैले पनि सुनको भाउले आकाश छुने पक्कापक्की रहेको व्यवसायीहरुको तर्क छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: