शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ८ सय १८ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Friday, February 07, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal