हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ जार ९ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal