हिजो घटेको सुनको मुल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७६ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, February 26, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal