×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोटो समयमा नै तोलाको १ लाख रुपैयाँ पुग्दैछ सुनको भाउ, दिनदिनै बन्दैछ नयाँ- नयाँ रेकर्ड !

काठमाडौँ – सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गईरहेको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६८ हजार ८ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ९३ रुपैयाँ कायम गरेको छ ।
सुनको मूल्य दिनानुदिन बढीरहेको छ । चाइनामा कोरोना भाइरस प्रकोपको प्रभाव सुनको बजारमा परेको हो । बजारका जानकारहरुका अनुसार सुनको भाउ छिट्टै नै तोलाको १ लाख रुपैयाँसम्म पुग्नेछ । हुन त सुनको मूल्य एक लाख नजिक पुग्न अब धेरै बढ्नुपर्दन । त्यसैले पनि सुनको भाउले आकाश छुने पक्कापक्की रहेको व्यवसायीहरुको तर्क छ ।
‘सुनको भाउ अब सजिलै तोलाको एक लाख रुपैयाँ पुग्छ ।’ सुन व्यवसायमा लामो समय लागेका एक जानकार भन्छन्, ‘भाउ बढेपछी व्यापार घट्ने नै भयो । अहिले नै बजार धेरै सुकिसकेको छ । अव व्यापार गर्न झन् समस्या हुनेछ । यो महंगीमा आवश्यकता नपरी एक लाख रुपैयाँ तोलाको तिरेर कसले सुन किन्छ र ?’ उनले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: