×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्स्योरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ७९.३९%ले वृद्धि हुँदा जगेडा कोषमा कति ?

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ७९.३९%ले वृद्धि गरी ७ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ४ करोड ९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क पनि ३३.०३% ले बढेर ९५ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै त्रैमाससम्म खुद बिमा शुल्क ७१ करोड ९९ लाख ५८ हजार रुपैयाँ थियो । गुराँसको खुद दाबी भुक्तानी १८ करोड ३३ लाख ६८ हजार रुपैयाँ रहेको छ भने कुल भुक्तानी हुन बाँकी दाबी रकम ४४ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
यो पुसमसान्तसम्ममा जीवन बिमा कोषको आकार गत वर्षको भन्दा ३६.९२% रुपैयाँले बढाएको छ । गत वर्ष यसै त्रैमासमा ४ अर्ब ८७ करोड ३९ लाख ४७ हजार रुपैयाँ रहेको जीवन बिमा कोष अहिले बढेर ६ अर्ब ६७ करोड ३४ लाख ८९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३४ करोड ७२ लाख ९७ हजार रुपैयाँ छ । 
कम्पनीले महाविपत्ति जगेडा कोषका लागि ४ करोड ३२ लाख ६१ हजार रुपैयाँ छुट्याएको छ । गुराँसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा (वार्षिक) र प्रतिसेयर वेटवर्थ १४१ रुपैयाँ ६१ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: