×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

थोरैले बढ्यो गोर्खाज फाइनान्सको खुद नाफा, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ६ करोड १२ लाख ३५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ०.४८%ले धेरै हो । गत वर्ष संस्थाले ६ करोड ९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी भने १२९.०५% ले बढेको छ ।  गत वर्ष ७ करोड ५४ लाख ७७ हजार रुपैयाँ  खद ब्याज आम्दानी यो वर्ष बढाएर १७ करोड २८ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ०.७७%ले बढेर ८ करोड ७७ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
यो पुसमसान्तसम्ममा बैंकले ६ अर्ब ६७ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७३ करोड ९७ लाख ९१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको  चुक्ता पुँजी ८६ करोड ६५ लाख ३७ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा ६२ करोड ९८ लाख ४७ हजार रुपैयाँ छ ।
यता, बैंकको  खराब कर्जा ०.०६% ले घटेर ४.२६% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटर्वथ १६७ रुपैयाँ ३६ पैसा  रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: