आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

काठमाडौं - आइसीएफसी फाइनान्सको २ लाख कित्ता ऋणपत्र आज (फागुन १३ गते)देखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि र बाँकी १ लाख २० हजार कित्ता भने आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।

कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्ने भएको छ । यस ऋणपत्रमा लगानीकर्ताले ग्लोबल आइएमई क्यपिटल जमल काठमाडौं, आइसीएफसी फाइनान्सको केन्द्रीय र शाखा कार्यालयहरु तथा आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्य भने यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यस ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी) प्रदान गरेको छ ।
प्रकाशित मिति : Tuesday, February 25, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal