×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकको खुद नाफा ६४.७६%ले वृद्धि, जगेडा कोषमा कति ?

काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ज्योति विकास बैंकले खुद नाफा २८ करोड ८ लाख रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । गत वर्ष यो बैंकले १७ करोड ४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको यो वर्षको मुनाफा ६४.७६% धरै हो । यो पुसमसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १५ करोड ९३ लाख रुपैयाँ रहेको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ५७.९०%ले बढोत्तरी गरी ७३ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले ६ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता, सञ्चालन नाफा पनि ६४.८४%ले बढेको छ । सञ्चालन नाफा २४ करोड ४५ लाखबाट वृद्धि भएर ४० करोड १३ लाख पुगेको छ । 
समिक्षा अवधीसम्म बैंकले २९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा ५५ करोड ५४ लाख रुपैयाँ छ । 
सार्वजनिक भएको विवरणमा बैंकको खराब कर्जा ०.५९%बाट बढेर ०.८०% पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०७ पैसा (वार्षिक) रहेको ज्योतिको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३९ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: