×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवाको बीमा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौँ – “प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाख सम्मको दुर्घटना बीमा र रु १ लाख सम्मको ओषधी उपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । 
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: