×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा कञ्चन डेभपमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं – कञ्चन डेभपमेन्ट बैंकको सेयर कारोबार सोमबार (माघ २७ गते) देखि रोक्का भएको छ । एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई एक्वायर गर्ने भएपछि नेप्सेमा सेयर कारोबार रोक्का भएको हो। 
अब कञ्चनका लगानीकर्ताले एकीकृत कारोबारपछि एनएमबि बैंकको नामबाट सेयर खरिदबिक्री गर्न पाउनेछन् । यी दुई बैंकबीच आइतबार एक्विजिसन सम्बन्धी सहमतिमा हस्ताक्षर भएको हो । 
प्रारम्भिक सहमति अनुसार एनएमबि र कञ्चनबीच १००ः८५ अनुपातमा एक्विजिसन प्रक्रिया अघि बढाउन लागिएको हो । तर, डीडीएको अन्तिम रिपोर्ट आउँदा यो स्वाप रेसियोमा सामान्य परिवर्तन भएमा सोही अनुसार अघि बढ्ने सहमति समेत भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: