×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाँदाजाँदै व्यवसायीसँग अर्थमन्त्रीले भने ‘औधोगिक कानुनलाई सहज बनाएका छौँ, करका विषयमा पुनर्विचार गर्दैछौँ'(भिडियो)

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको दावी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताएका हुन् । उनले लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत दावी गरे ।

 उनले नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरेका छन् । सरकारले कर प्रणालीलाईसमेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेट मार्फत करका विषयमा सुधार गर्दै जाने उनको भनाइ छ । निजी क्षेत्रका समस्याहरुलाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिदै आएको समेत उनको तर्क थियो । उनले दिएको मन्तव्यसहितको रिपोर्ट हेर्नुहोस् : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: