×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पदको तनाव कि दौडधुपले धपेडी ? सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा किन निराश देखिए अर्थमन्त्री खतिवडा ?

काठमाडौँ । आइतबारसञ्चार मन्त्रालयमा अर्थमन्त्री खतिवडाले पदभार ग्रहण गर्ने कार्यक्रम थियो । सो दिन उनी मन्त्रालय पुग्दा स्वागत गर्नेहरुको लाइन नै थियो । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरे । मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरुलाई बोलाएर छलफल गरे । पदभार ग्रहण कार्यक्रममा उनले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन पनि दिए । सरकारी सञ्चारमाध्यम पनि प्रतिपक्षी भूमिकामा हुन थालेको उनको दुखेसो थियो । कार्यक्रममा बोल्दै उनले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने सकारात्मक अभिव्यक्ति पनि दिए । 
यद्यपी सञ्चारमन्त्री खतिवडा खुसी देखिएनन् । यसको खास कारण आइतबार चलेको एउटा हल्ला हुन सक्ने अनुमान सबैले गरे । सत्तारुढ नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेर प्रधानमन्त्री बनाउने तयारी थालेको हल्लाले उनलाई निराश बनाएको धेरैको तर्क थियो । बामदेव गौतम राष्ट्रियसभामा आए भने उनी मन्त्री पदबाट हट्न सक्ने सम्भावना अधिक छ । यधपी कतिपयले भने दुइ मन्त्रालय सम्हाल्दै गर्दा उनको धपेडी बढेका कारण उनी निराश देखिएको हुन सक्ने बताएका छन् । 

आफ्ना विश्वास पात्र तथा निकट नेता तथा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’को बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नैतिक संकटमा परेका प्रधानमन्त्री ओली पनि नेता गौतमलाई प्रधानमन्त्री बनाउन राजी भएका नेताहरुको भनाइ छ । बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएको तेस्रो दिन संविधान संशोधन गर्न कार्यदल गठन गरेको नेकपाले अब उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन लागिपरेको हो । यता बाँस्कोटा बाहिरिएपछि अर्थमन्त्री खतिवडाले संचार मन्त्रालयको समेत जिम्मेवारी पाएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: