×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकले गर्यो झिनो प्रगति, खुद नाफा ०.७०%ले वृद्धि हुँदा अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाडौं – लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार आएको छ । बैंकले यो त्रैमाससम्ममा खुद नाफा २५ करोड २१ लाख रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित गरेको छ । यो नाफा गत वर्षको तुलनामा ०.७०%ले धेरै हो । गत वर्ष यस बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा १७ करोड ३२ लाख २५ हजार रुपैयाँ रहेको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी १६.५८% ले बढेको छ । गत वर्ष ५० करोड १६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष बढाएर ५८ करोड ४८ लाख रुपैयाँ पुर्याएको छ । लुम्बिनीले सञ्चालन नाफा पनि ३४ करोड ६८ लाख रुपैयाँबाट बढोत्तरी गरेर ३६ करोड १६ लाख रुपैयाँ पुर्याएको छ ।
यो पुस मसान्तसम्ममा बैंकले २३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको  चुक्ता पुँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैया रहेको छ भने जगेडा कोषमा १ अर्ब १९ करोड रुपैयाँ जम्मा रहेको  छ ।
यता, बैंकको खराब कर्जा १.९६%, कस्ट अफ फन्ड ८.६१%, कर्जा निक्षेप अनुपात ७८.६६% र बेस रेट ११.१०% छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: