महालक्ष्मी विकास बैंकको 'सिएसआर', सुगन्ध थलेसिमिया प्रोजेक्टलाई साढे २ लाख आर्थिक सहयोग

काठमाडौं - महालक्ष्मी विकास बैंकको विराटनगर शाखाले ‘थलेसिमिया’ रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित ‘सुगन्ध थलेसिमिया प्रोजेक्ट’ लाई दुई लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमकाे चेक बैंककाे विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम शनिबार आदर्श मा. वि. विराटनगरमा विश्व क्यान्सर दिवसका अवसरमा विराटनगर प्लाटिनम राउण्ड टेबल- ११द्वारा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब पाँच लाख रहेको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति : Monday, February 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal