मानुषी लघुवित्तले गर्यो प्रगति, खुद नाफा २४.८५% ले वृद्धि गरी कमायो ४९ लाख २३ हजार रुपैयाँ

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४९ लाख २३ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८५% ले धेरै हो । गत वर्षको यहि अवधिमा संस्थाको खुद नाफा ३९ लाख ४३ हजार रुपैयाँ कमाएको थियो । 

यस्तै, यसको खुद ब्याज आम्दानी पनि २४.८४% ले बढेको छ । गत वर्षको यसै अवधिसम्म १ करोड ४४ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले अहिले बढाएर ३ करोड ८८ लाख १८ हजार रुपैयाँ पुर्याएको छ । ब्याज आम्दानी बढाए पनि संस्थाको सञ्चालन घाटा भने ४५ लाख ५३ हजार रुपैयाँ रहेको छ । 

चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ करोड १३ लाख ३५ हजार रुपैयाँ छ । यो पुस मसान्तसम्ममा संस्थाले ५० करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० करोड ६७ लाख ८ हजार रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । खराब कर्जा भने बढेर २.८६% भएको छ । गत वर्ष खराब कर्जा १.६०% थियो ।
प्रकाशित मिति : Monday, February 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal