×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बुधबार पनि बढ्यो बजार : ४.४० अंकले बढेको नेप्से १३४५.९७ विन्दुमा, कारोबार डेढ अर्वमाथि

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ४.४० अंकले बढेर १३४५.९७ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५० करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको कुल ९ करोड ९७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश :  शिबम् सिमेन्ट र एनआईसी एशिया बैंकको भएको छ ।
यता, बुधबार बैंकिङ्ग, डेभलपमेन्ट बैंक र हाइड्रोपावर उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनाईटेड मोदी हाइड्रोपावर र ज्योति विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: