मितेरी डेभलपमेन्ट बैंकले गर्यो १८.५२५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकले १९.५% लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १८.५२५% बोनस र कर प्रयोजनार्थ ०.९७५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले १० करोड ८३ लाख ७१ हजार २५० रुपैयाँ बोनस सेयर र ५७ लाख ३ हजार ७५० रुपैयाँ नगद वितरण गर्ने भएको छ । 

यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Thursday, February 06, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal