×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर पाउन सेयरधनी बन्ने आज अन्तिम मौका

काठमाडौं – एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न माघ २७ गते (सोमबार) बुक क्लोज गर्ने भएको छ । यस अनुसार बैंकको उक्त सेयर आज (माघ २६ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले धितोपत्र बोडबाट १०ः६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पनि पाइसकेको छ । अब छिट्टै यसले हकप्रद बिक्री खुला गर्नेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्नेछ । एनएलजी हकप्रदको रेटिङ पनि गराइसकेको छ । इक्रा नेपालले यस हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।
हाल एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट ६०% कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: