एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, सुदूरपश्चिम प्रदेशमा मात्रै शाखा संख्या २४ पुग्ने !

काठमाडौं - एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यी दुई संस्थाले माघ २६ गते अर्थात आइतबार प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्टले कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकका १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन्।

एनएमबि बैंकले कञ्चनलाई प्राप्तिगरे पछि सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।

एनएमबिले यस अघि ओम डेभलपमेन्ट बैंक गाभेको थियो । एनएमबि बैंक विगत २५ बर्ष देखि बैंकिङ्ग कारोबार गरिरहेको छ कञ्चनले विगत १० बर्ष देखि बैंकिङ्ग कारोबार गर्दै आएको छ ।
प्रकाशित मिति : Monday, February 10, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal