एनएमबि बैंकले माग्यो विभिन्न ५ पदका लागि २३ जना कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - एनएमबि बैंक लिमिटेडमा विभिन्न पदका लागि जागिर खुल्ला भएको छ । बैंकले विभिन्न ५ पदका लागि २३ जना कर्मचारी माग गरेको हो । 

बैंकले म्यानेजर असिस्ट स्टेट ४ (डेप्युटी म्यानेजर / असिस्टेन्ट म्यानेजर) पदका लागि १ जना, म्यानेजर ल्याबिलिटी स्टेट ४(डेप्युटी म्यानेजर / असिस्टेन्ट म्यानेजर) पदका लागि १ जना, ब्रान्च म्यानेजर (सिनियर अफिसर/ अफिसर/ जुनियर अफिसर) पदका लागि १० जना, रिलेसनसिप म्यानेजर (अफिसर/ जुनियर अफिसर/ सुपरभाइजर) पदका लागि १० र इन्टरनल अडिटर (सिनियर अफिसर/ अफिसर/ जुनियर अफिसर) पदका लागि १ जना कर्मचारी माग गरेको हो । 

बैंकले सात वटै प्रदेशका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका आवेदकले २८ फेब्रोअरी भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, February 12, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal