×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण : खुद नाफा ६.२०%ले घट्दा अन्य सूचकको यस्तो छ अवस्था

काठमाडौँ – नबिल बैंकले आर्थिक वर्ष २०७६/८७७ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले खुद नाफा २ अर्ब ४ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। यो नाफा गत वर्षको तुलनामा ६.२०% ले घटेको हो । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४२%ले घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष बैंकको खुद नाफा ३ अर्व ६१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको थियो । यता, सञ्चालन नाफा ३ अर्व ८ करोड ३६ लाख रुपैयाँबाट घटेर २ अर्व ९० करोड ९३ लाख रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।
यो पुस मसान्तसम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। 
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ८ रुपैयाँ ९६ पैसा घटेर ४५ रुपैयाँ ३२ पैसामा झरेको छ। खुद नाफा घटेका कारण बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: