×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिहिबार १.३९ अंक घट्यो बजार, १ अर्व ७७ करोडमाथिको कारोबार

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.३९ अंकले घटेर १३५४.५९  विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७७ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १२ करोड ४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश :  शिबम् सिमेन्ट र एसियन लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, बिहिबार बैंकिङ्ग, होटेल्स, डेभलपमेन्ट बैंक, हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै हिमालयन डिस्टिलरी र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर र ओरेन्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: