×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकको २५ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं – नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र भर्ने म्याद थप गरेको छ । बैंकको ऋणपत्र अव लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र खुल्ला गरेको थियो । बैंकले खुल्ला गरेको ऋणपत्रमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि खुलेको छ भने बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिको ‘१०% नेपाल एसबीआई डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: