×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैलाई बधाई छ ! नेपालको पूँजीबजारको बिहीबार इतिहासमै सबैभन्दा ठुलो कारोबार !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सबैलाई बधाई छ ! नेपालको पूँजीबजारको बिहीबार इतिहासमै सबैभन्दा ठुलो कारोबार !

काठमाडौँ – नेपालको पूँजीबजारको बिहीबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आज नेप्सेमा २ अर्ब ७८ करोड ५० लाखमाथिको कारोबार भएको छ । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । यसअघि नेप्से १८७० को हाराहारी हुँदा २ अर्ब ७५ करोड हाराहारी कारोबार भएको थियो । बुधबारको तुलनामा नेप्से परिसूचक २९.३२ अंकले बढेर १४३४.५७ बिन्दुमा पुगेको छ । केहि दिनयता निरन्तर बजार बढी रहेको छ ।  
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७८ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १७ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।

यता, बिहिबार व्यापार र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै बोटलर्स नेपाल (तराई) र फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै राधी विधुत कम्पनी र समृद्धि फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: