ङादी ग्रुप पावरले गर्यो १०% नगद लाभांश दिने घोषणा !

काठमाडौं - ङादी ग्रुप पावरले १०% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई करसहित १०% नगद लाभांश दिने निर्णय हो । कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले लाभांश पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद हातपार्न सक्नेछन् । 
प्रकाशित मिति : Friday, February 14, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal