×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यातायात व्यबस्थापन कार्यालय बिराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन, प्रमुख यातायात अधिकृत कार्कीद्वारा उद्घाटन

मोरङ

काठमाडौँ – प्रभु बैंकलेआफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात ब्यबस्था कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बिराटनगर स्थित यातायात ब्यबस्था कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ माघ २२ गते बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो । 
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 
प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा ATM, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: