×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सको ५० हजार कित्ता सेयर लिलामी खुल्ला, क-कसले पाइन्छ भर्न ?

काठमाडौं – प्रिमियर इन्स्योरेन्सले बुधबार (माघ २९ गते) देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी खुल्ला गरेको छ । नागरिक लगानी कोषले संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो । 
यसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् भने यसमा फागुन ६ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । यो सेयरमा लगानीकर्ताले न्यूनतम १७ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।  न्यूनतम १०० कित्तादेखि अधिकतम सबै ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं र प्रिमियर इन्सुरेन्सको केन्द्रीय कार्यालय नारायणचौर काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यसैगरी, ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: