×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम कमर्शियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट !

काठमाडौं – प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएकाे छ । बैंकले उक्त सेयर जारी गर्न आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।
बुधबार उक्त ऋणपत्र निष्काशनको लागि निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतपत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
बैंकले १०.५ प्रतिशत ब्याजदरको आठ वर्षको समयावधिमा फिर्ता भुक्तानी गर्ने गरी १ हजार अंकित दरको ३५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा एक्काईस लाख कित्ता व्यक्तिगत तवरबाट र बांकि (सामुहिक लगानीकोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: