×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर फाल्गुन १८ गतेदेखि आउँदै , कहाँ जाने भर्न ?

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता (६०%) हकप्रद सेयर फाल्गुन १८ गते निष्काशन हुने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको १०ः६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसमा चैत २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले उक्त सेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । 
एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ । एनएमबि क्यापिटलमा भने दरखास्तका साथ चेक मात्र बुझिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: