रिडी हाइड्रोपावरले गर्यो आकर्षक प्रगति, खुद नाफा १५१.६८ प्रतिशतले वृद्धि !

काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड १९ लाख ४० हजार रुपैयाँ कमाएको थियो । यो नाफा गत वर्षको तुलनामा १५१.६८%ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ८७ लाख १७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

यस्तै, विद्युत बिक्रीबाट हुने आम्दानी पनि १२०.११% ले बढेको छ।  गत वर्ष १ करोड ३३ लाख २५ हजार रुपैयाँबाट बढेर २ करोड ९३ लाख ३१ हजार रुपैयाँ पुगेको छ । यता, अन्य स्रोतबाट हुने आम्दानी पनि ८ हजार रुपैयाँले बढे २४ हजार ९८२ रुपैयाँ पुगेको छ । 

यो पुसमसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ५३ करोड ११ दाख १८ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ १३ पैसा रहेको रिडीको  प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७० पैसा रहेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति : Sunday, February 09, 2020

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal