×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सार्क दक्षिण एशियाली क्षेत्रका जनताको साझा पहिचान हो’ – प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको बताउनुभएको छ । काठमाडौंमा रहेको सार्क सचिवालयको भ्रमण गर्नुहुँदै प्रधानमन्त्री ओलीले सार्क दक्षिण एसियाली जनताको साझा पहिचान भएको बताउनुभएको हो । 
उहाँले सार्कको १९औं शिखर सम्मेलन चाँडो आयोजना हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न आफू आतुर रहेको उल्लेख गर्नुहुँदै ओलीले १९औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो । 
सार्कका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्कका सिद्धान्त र उद्देश्यप्रति सार्क राष्ट्रका प्रमुखहरुले प्रतिवद्धता जनाएको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सचिवालय परिसरमा रुद्राक्षको विरुवा समेत रोप्नु भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: