×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राउण्ड जिरो रिपोर्ट : सेयर बजारले इतिहास रच्दा लगानीकर्ता भन्छन्, ‘यो त सुरुवात मात्र हो…’ (भिडियोसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

ग्राउण्ड जिरो रिपोर्ट : सेयर बजारले इतिहास रच्दा लगानीकर्ता भन्छन्, ‘यो त सुरुवात मात्र हो…’ (भिडियोसहित)

काठमाडौँ । नेपालको पूँजीबजारको आइतबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आइतबार नेप्सेमा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा पुगेको छ । केहि दिनयता निरन्तर बजार बढी रहेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाखमाथिको कारोबार भएको हो । जसमा सबैभन्दा बढी कारोबार एनएमबि बैंकको भएको छ । यस कम्पनीको कुल १२ करोड ५६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको भएको छ । बजारमा यतिबिघ्न उछाल आएको दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताको भीड र उत्साह निकै लोभलाग्दो थियो ।
यता लगानीकर्ताहरु यसरी बढेको बजार अझै बढ्ने बताउँछन् । हेरौँ यो भिडियो:  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: