×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाडौं – शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रदसेयरमा मूल्य समायोजनपछि प्रतिकित्ता १ हजार ५३ रुपैयाँ ८५ पैसालाई आधार मानेर मंगलबार कारोबार खुल्ला भएको छ । 
शिखरले १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसमा हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई सुरक्षित आधार जनाउने ‘ग्रेड ३’ प्लस रेटिङ दिएको छ । 
हाल शिखर इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: