×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न

रुकुम

काठमाडौँ – सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 
बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । 
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ ATM र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: